ad ad

समाज


३२ देशका वैज्ञानिककाे दाबी: हावाबाट पनि कोरोना सरेको प्रमाण भेट्टायौं

३२ देशका वैज्ञानिककाे दाबी: हावाबाट पनि कोरोना सरेको प्रमाण भेट्टायौं

नेपालखबर
असार २२, २०७७ सोमबार ४:४६,

हावाबाट पनि कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने द्विविधा भइरहेका बेला वैज्ञानिकको एक समूहले हावाबाट कोरोना भाइरस फैलिएको प्रमाण भेटेको दाबी गरेको छ।

द न्युयोर्क टाइम्स पत्रिकाका अनुसार ३२ देशका २३९ वैज्ञानिकले आफूहरूले गरेको अनुसन्धानबाट भाइरसको सानो-सानो कण हावामा रहन्छ जसले मानिसलाई संक्रमित बनाएकाे प्रमाण भेटेको दाबी गरेका हुन्। ती वैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई समेत खुला पत्र लेखेर कोरोना भाइरससम्बन्धी मार्गनिर्देश परिमार्जन गर्न माग गरेका छन्। जुन पत्र अर्काे हप्ता साइन्स जर्नलमा प्रकाशन गर्ने याेजना रहेकाे कुरा न्युयोर्क टाइम्सकाे समाचारमा उल्लेख छ।

त्यस पत्रमा उनीहरूले यसको प्रमाण पेस गर्नेछन्। डब्लूएचओले भने प्रमुख रूपमा संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा बोल्दा मुखबाट निकाल्ने थुकको छिटा अर्काे व्यक्तिलाई पर्‍याे भने मात्र कोरोना भाइरस सर्छ भनिरहेकाे छ।

तर ती वैज्ञानिकको दाबी के छ भने संक्रमितले हाच्छिउँ गर्दा एउटा काेठा बराबर टाढासम्म थुकका छिटा उछिट्टिन्छन् र त्यसले मानिसलाई संक्रमित गराउने क्षमता राख्छ। तर डब्लूएचओले उनीहरूले पेस गरेको प्रमाण पर्याप्त नरहेको बताएको छ।

डब्लूएचओका डाक्टर बेनेडाटा अलेन्ग्रान्जीले न्युयोर्क टाइम्सँग भनेका छन्, ‘खासगरी पछिल्लो २ महिनामा हामीले कैयौंपटक यसबारे विचार गर्यौं कि हावाका माध्यमबाट कोरोना सर्न सक्छ कि भनेर तर यसलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण पाएनौं।’ समाचार एजेन्सी रोयटर्सकाका अनुसार डब्लूएचओले ती वैज्ञानिकले यस सम्बन्धमा उठाएका प्रश्नमा भने यो खबर लेख्दासम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .