ad ad

समाज


भारतमा कोरोना संक्रमितका लागि ‘विश्वकै ठूलो’ अस्पताल स्थापना

भारतमा कोरोना संक्रमितका लागि  ‘विश्वकै ठूलो’ अस्पताल स्थापना

नेपालखबर
असार २२, २०७७ सोमबार ०:२४,

भारतमा कोरोना भाइरसबाट संक्रमितको हेरचाह गर्न हजार शय्याको अस्पताल अर्थात् स्याहार गृह स्थापना गरिएको छ।

भारतको राजधानी दिल्लीमा रहेको स्याहार गृहमा कोरोना पोजिटिभ भएका सामान्य लक्षणका बिरामीलाई पनि उपचार गरिने बताइएको छ।

२० वटा फुटबल मैदानजत्रो क्षेत्रफलमा स्थापित स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमले विश्वकै ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन्।

दिल्ली कोरोना महामारीबाट भारतको सबैभन्दा पीडित क्षेत्रमध्ये एक हो। भारतमा कोरोनाका कारण अहिलेसम्म १९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।बीबीसी

याे पनि: भारत अब विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .