छापा खबर


प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

 प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

नेपालखबर
असार २२, २०७७ सोमबार ०:२४,

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्।

यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सुक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्।

‘उहाँ (प्रधानमन्त्री) माथि थ्रेट देखेका छौँ। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने।

ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी, विदेशी शक्ति हावी भएको बताएका थिए।

सुरक्षा थ्रेट बढेपछि प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ। राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ।

तर, गृहसचिव महेश्वर न्यौपानेले भने प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट हुनुपर्ने कुनै कारण नभएको दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad