ad ad

समाज


डब्लूएचओद्वारा कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग बन्द

डब्लूएचओद्वारा कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग बन्द

नेपालखबर
असार २१, २०७७ आइतबार ६:५९,

शनिबार डब्लूएचओले दुवै औषधिले कोरोनाबाट मृत्यु हुनेको दर कम गर्न नसकेको भन्दै यी औषधि प्रयोग नगर्ने निर्णय भएको जानकारी दिएको हो।

कोरोनाविरुद्धको खोप विश्वभर विकास भइरहँदा यी औषधिले कोरोना संक्रमणलाई रोकथाम गर्ने अपेक्षा गरिएको थियो। तर परीक्षणमा यो असफल भएको डब्लूएचओको भनाइ छ।

मलेरियाको औषधिलाई यसअघि ट्रम्पले दोहोर्याउँदै सिफारिस गरेका थिए। अमेरिकाको केही राज्यमा यो प्रयोगमा समेत आएको थियो।

तर पछि अमेरिकाको फुड एन ड्रग एडमिनिसट्रेसनले नै हाइड्रोक्सिक्लोरोक्वीनलाई प्रयोगमा प्रतिबन्ध लगायो।

हाल विश्वभर १ सय २० भन्दा बढी खोप विकासका क्रममा छन्। अमेरिका, चीन र बेलायत लायतका मूलुकले कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .