समाज


काठमाडौंबाट आज ११ वटा अन्तर्राष्ट्रिय उडान, कहाँ-कहाँ हुँदैछ?

काठमाडौंबाट आज ११ वटा अन्तर्राष्ट्रिय उडान, कहाँ-कहाँ हुँदैछ?

नेपालखबर
असार २०, २०७७ शनिबार ४:५०,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछन्। विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज ११ उडान हुन लागेका हुन्।

आज हुने उडानमध्ये नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ। बाँकी एयरलाइन्सका जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ। नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन्। आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन्।

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ। सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ।

यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कंदै छ। आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर्ड उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगाय विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गर्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad