राजनीति


चर्को विवादबीच फेरि स्थगित गरियो नेकपा स्थायी कमिटी बैठक

चर्को विवादबीच फेरि स्थगित गरियो नेकपा स्थायी कमिटी बैठक

नेपालखबर
असार २०, २०७७ शनिबार ४:४२,

पार्टीभित्रको तीब्र विवादबीच शनिबारसम्म राेकिएको नेकपाको स्थायी कमिटी बैठक फेरि सोमबार सम्मका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएकाे जानकारी दिएका हुन्।

‘सहमतिको प्रयत्न गर्न दुई अध्यक्षबीच टेलिफोनमा संवाद गरी स्थायी समितिको बैठक दुई दिन स्थगित गर्नुभएको हो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार दुवै अध्यक्षबीच सहमति भएपछि महासचिव विष्णु पौडेलले स्थायी समिति सदस्यहरुलाई बैठक स्थगित भएकाे सूचना पठाएका थिए।

उनका अनुसार केही समयपछि दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुनेछ।

गत सातादेखि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको राम्रोसँग नेतृत्व नगरेको भन्दै उनले राजीनामा गर्नुपर्ने माग जाेडदार रुपमा उठेको छ।

अध्यक्ष ओलीले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार भएकाे कुराकानीमा राजीनामा गर्नुपर्ने माग आफूलाई अस्वीकार्य भएको भन्दै अन्य कुनै प्रस्ताव भए त्यसमा मात्र छलफल गर्न तयार रहेकाे बताएपछि विवाद थप बल्झिएको छ।

याे पनि: ओलीले प्रचण्डलाई भनेः प्रधानमन्त्री र अध्यक्ष छोड्दिनँ, अरु कुरा छ भने भन्नुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad