नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुष्पराज कुमालको मृत्यु भएको हो।
पालुङटार नगर स्वास्थ्य प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार गोरखा अस्पतालको आइसोलेसनमा रहेका उनको आज (शनिबार) बिहान ५ बजेतिर भएको हो।
यही असार १७ गते कतारबाट आएका उनमा हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो।
अहिले उनको शव व्यवस्थापनका लागि उनको परिवारका सदस्यलाई गोरखा अस्पताल लाने तयारी भइरहेको नगर स्वास्थ्य प्रमुख अधिकारीले नेपालखबरलाई जानकारी दिए।
‘उहाँलाई स्थानीय क्वारेन्टिनबाट हिजो (शुक्रबार) राति ९ बजे मात्र जिल्ला अस्पताल गोरखा पुर्याइएको थियो,’ नगर स्वास्थ्य प्रमुख अधिकारीले शनिबार बिहान नेपालखबरसँग भने, ‘आज बिहान ५ बजेतिर उहाँको मृत्यु भयो।’

प्रतिक्रिया