प्रदेश १ मा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन्। सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापामा २८ र मोरङ तथा उदयपुरमा पाँच/पाँच जनामा कोभिड-१९ पोजेटिभ देखिको हो।
झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६ सय ५३ पुगेको छ।
प्रदेश १ बाट शुक्रबार छ जना सङ्क्रमित निको भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना छन्। प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या चार सय ६ पुगेको छ।
3
Shares

प्रतिक्रिया