समाज


काठमाडौंमा कोठाभित्र एउटै पासोमा प्रेमी–प्रेमिका

काठमाडौंमा कोठाभित्र एउटै पासोमा प्रेमी–प्रेमिका

नेपालखबर
असार १८, २०७७ बिहिबार २:१८,

काठमाडौंमा युवक र युवती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी दक्षकुरमार बस्नेतका अनुसार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९, पेप्सीकोलास्थित एक घरको कोठाभित्र सलको पासो लगाएर मृत्यु भएको अवस्थामा युवक र युवती फेला परेका हुन्।

‘उनीहरू लिभिङ टुगेदरमा बसेको बुझिएको छ,’ बिहीबार बिहान डीएसपी बस्नेतले नेपालखबरसँग भने, ‘भाडामा लिएको आफ्नै कोठाभित्र एउटै सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिए।’

उनका अनुसार घटना बुधबार दिउँसोको हो।दिउँसो साढे १२ बजेतिर खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको उनले बताए।

डीएसपी बस्नेतले घटना गम्भीर रहेको र हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए। साथै उनले मृतककाे नाम खुलाउन मानेनन्। ‘घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको छ, अहिले नाम खुलाउन मिल्दैन,’ उनले भने।

तर प्रहरी स्रोतका अनुसार उनीहरू ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीया अस्मिता थापा भएको बुृझिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad