समाज


अन्य स्थानमा ठीकै, चारवटा प्रदेशमा ठूलो वर्षा हुने सम्भावना

अन्य स्थानमा ठीकै, चारवटा प्रदेशमा ठूलो वर्षा हुने सम्भावना

नेपालखबर
असार १८, २०७७ बिहिबार १:४०,

केही दिनदेखि जारी वर्षा आज (बिहीबार) पनि रोकिएको छैन। अहिले बिहान पनि सबै प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने क्षेत्रमा बाढी/पहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ।

भोलि शुक्रबारबाट वर्षा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad