ad ad

समाज


एमबीको नेतृत्वमा फोनिज गण्डकीको नयाँ कार्यसमिति

एमबीको नेतृत्वमा फोनिज गण्डकीको नयाँ कार्यसमिति

वाशुदेव मिश्र
असार ३०, २०७६ सोमबार १५:४५,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा एमबी (मानबहादुर) आस्था मगर चुनिएका छन्।

पोखरामा भएको पहिलो अधिवेशनले निर्विरोध निर्वाचित गरेको कार्यसमितिको उपाध्यक्षमा बागलुङका दिल श्रीस उपाध्यक्ष चुनिएका छन्। यसैगरी महिला उपाध्यक्षमा नवलपुरकी कमला रानामगर, महासचिवमा कास्कीका रुद्र श्रीस मगर, संगठन सचिवमा कास्कीकै खिमा गुरुङ, संस्थागत सचिवमा तनहुँकी सुनिता मगर र कोषाध्यक्षमा तनहुँकी सिर्जना राना मगर चयन भएको फोनिज गण्डकी प्रदेश तदर्थ समितिका संयोजक हुम गुरुङले जानकारी दिए।

उनका अनुसार खुल्ला सदस्यहरुमा सुसान्त गाहा मगर(कास्की), धनबहादुर गुरुङ सुमन (कास्की), गणेश गुरुङ(म्याग्दी०्(, तिलक गुरुङ (स्याङजा ) र महिला सदस्यहरुमा मुना थापा मगर(नवलपुर), सूर्यकुमारी महतो(नवलपुर( सुमन थापा मगर(कास्की) तथा संस्थागत सदस्यहरुमा मिना थापामगर (नेपाल मगर पत्रकार संघ), मनिलाल सरब्ज गुरुङ (तमु संचारकर्मी संघ) चयन भए।

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङले गराएका थिए। अधिवेशनले प्रमुख निर्वाचन अधिकृतमा तिलकप्रसाद पुर्जा पुन, केन्द्रीय प्रतिनिधिममा मिलन लिम्बुलाई जिम्मेवारी दिएको थियो। महाधिवेशनमा गण्डकी प्रदेशका ५८ प्रतिनिधिहरु सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .