खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटबन्धन निर्माणकार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरिदिने मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग २ लाख ४१ हजार १६ रुपैयाँ घुस मागेका थिए।
आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले मल्ललाई कार्यालय परिसरबाट र सबइन्जिनियर वीरेन्द्र चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएपश्चात् खानतलासी गर्दा मल्लको आवासबाट उक्त रकम बरामद भएको हो।
अनुसन्धानको सिलसिलामा सबइन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे समेत गरी निजहरू चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीककुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया