कारोबार


एयरबसले १५ हजार रोजगारी कटौती गर्ने

एयरबसले १५ हजार रोजगारी कटौती गर्ने

नेपालखबर
असार १७, २०७७ बुधबार ७:५२,

विमान निर्माता युरोपेली कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने योजना अघि सारेको छ।

बीबीसीका अनुसार कोरोना संकटबाट पर्ने असर न्यूनीकरण गर्न रोजगारी कटौतीको योजना अघि सारिएको हो।

विशेषगरी बेलायतमा १ हजार ७ सय र जर्मनी, स्पेन तथा अन्यत्र गरी उक्त संख्यामा रोजगारी कटौती हुनेछ।

द युनाइट युनियनले भने कम्पनीको कदमको विरोध गरेको छ। एयरबसले विश्वभर १ लाख ३४ हजारलाई रोजगारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad