चीनका वैज्ञानिकहरुले कोरोना भाइरसले जस्तै महारमारी फैलाउने क्षमता भएको नयाँ भाइरस पत्ता लगाएका छन्। रुघाको नयाँ भाइरसलाई चिनियाँ वैज्ञानिकले जी४ईए एच१एन१ नाम दिएका छन्।
यो भाइरस सुँगुरमा हालै मात्र पत्ता लागेको हो। यो भाइरसले मानवलाई पनि संक्रमित गर्ने क्षमता राखेको वैज्ञानिकले बताएका छन्। अनुसन्धानकर्ताका अनुसार यो भाइरस थप म्युटेट भएर सजिलै एक मान्छेबाट अर्कोमा फैलिन सक्छ।
यसले पूरै विश्वमा महामारीको खतरा उत्पन्न गर्न सक्ने खतरा वैज्ञानिकहरुले औँल्याएका छन्। चिनियाँ वैज्ञानिकले यो रुघाको भाइरसमा मानवमा संक्रमित गर्न सक्ने सबै लक्षण रहेको बताएका छन्।
यो भाइरसमाथि नजिकबाट निगरानी आवश्यक भएको उनीहरुको भनाई छ। ‘यो भाइरस नयाँ हो, त्यसैले मानवमा यसविरुद्ध अत्यन्तै कम रोग प्रतिरोधक क्षमता हुन सक्छ वा नहुन पनि सक्छ,’ वैज्ञानिकहरुको मत छ। एजेन्सी

प्रतिक्रिया