राजनीति


नेकपामा शीर्ष नेताबीच सत्ता संघर्ष चुलिँदै गर्दा दुई मन्त्रीको यस्तो ट्वीट

नेकपामा शीर्ष नेताबीच सत्ता संघर्ष चुलिँदै गर्दा दुई मन्त्रीको यस्तो ट्वीट

नेपालखबर
असार १७, २०७७ बुधबार ०:४२,

नेकपाभित्र सत्ता संघर्ष चुलिँदै गर्दा दुई युवा नेता एवं मन्त्रीहरुले संवादको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाउनु पर्नेमा जोड दिएका छ।

कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले मध्यरातमा ट्विट गर्दै विवेक पुर्याएर काम गर्न पार्टीका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।

मंगलबार राति १ बजे नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ।’

 

पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’

 

नेकपाको जारी स्थायी कमिटी बैठकमा अधिकांश नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि ओली रुष्ट देखिएका छन्।

स्थायी कमिटी बैठक चल्दै गर्दा मंगलबार ओलीले दुईपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् भने आज (बुधबार) बिहान सात बजे मन्त्रिपपरिषद् बैठक बोलाएका छन्।

नेकपामा नाटकीय रुपमा विकसित घटनाक्रमले पार्टी फुट्नेसम्मको अड्कलबाजी हुन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad