कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अनसनमा बसेका युवाहरुको मागप्रति साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ऐक्यवद्धता जनाएका छन।
पाटन दरबार स्क्वायर क्षेत्रमा ५ दिनदेखि युवाहरु खानापानी नखाई सत्याग्रह बसेका छन। मंगलबार अनसनस्थलमा पुगि मिश्रले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै त्यसमा तत्काल गम्भीर हुन सरकारलाई आह्वान गरेका छन।
क्वारेन्टिनमा बसेकाहरुको पीसीआर टेस्ट गरिनुपर्ने, कोरोना रोकथाम तथा उपचारमा भएको खर्च पारदर्शी गरिनुपर्ने, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायत माग गर्दै युवाहरुले खानापानी नखाई अनसन सुरु गरेका हुन।
3
Shares

प्रतिक्रिया