कारोबार


एनएमबी बैंकद्वारा आईएफसीसँग साढे दुई करोड डलर ऋण सम्झौता

एनएमबी बैंकद्वारा आईएफसीसँग साढे दुई करोड डलर ऋण सम्झौता

नेपालखबर
असार १६, २०७७ मंगलबार १४:३०,

एनएमबी बैंक लिमिटेडले विश्व बैंककाे वित्तिय निकाय (आईएफसी)सँग दुई करोड ५० लाख अमेरिकी डलर ऋण सम्झौता गरेको छ।

समझदारी पत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका एक्टिङ् रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्। 

वित्तीय समझदारीले कोभिड-१९ को कारणले आईपरेका कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने विश्वास लिएको बैंकले जनाएकाे छ।

एनएमबी बैंकले विश्व बैंक सदस्य समूह आईएफसीबाट यो सहित दुईपटक ऋण ल्याएको हो। यो वैदेशिक लगानी बर्तमान अवस्थामा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुने बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad