नवलपरासी (सुस्तापश्चिम) को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करिब दश लाखको क्षति भएको छ।
विद्युत् सर्ट हुँदा मगलबार बिहान यूनिक फेन्सी क्लेक्सन गंगाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।
पसलको सटरबाट धुवाँ निस्किरहेको देखेपछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए। आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताए।
स्थानीयवासीको सहायतामा आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो। रासस
3
Shares

प्रतिक्रिया