संक्रमित एक करोड १० लाखभन्दा बढी पुगेको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ।
संक्रमितमध्ये पाँच लाख चार हजारभन्दा बढीको भने मृत्यु भइसकेको छ। कोरोना संक्रमण देखिएको ६ महिना बितिसक्दा पनि हालसम्म यो नियन्त्रणमा आउन सकेको छैन।
अमेरिका, ब्राजिल, रुस र भारतमा यतिबेला तिव्र गतिमा कोरोना संक्रमित थपिरहेका छन्। यी राष्ट्रहरु हाल विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका राष्ट्र हुन्।
हालसम्म कोरोनाबाट संक्रमित बनेका ५० लाखभन्दा बढी मानिस उपचारपछि स्वस्थ बनिसकेका छन् यद्यपी हालसम्म यसको औषधि र खोप बन्न सकेको छैन।
विश्वभर सयभन्दा बढी खोप विकासको क्रममा रहेको डब्लूएचओले जनाएको छ। चीन, अमेरिका, बेलायत लगायतका मूलुकले कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरिरहेका छन्।
एकदेखि डेढवर्ष भित्र विश्वभर खोप उपलब्ध हुने अनुमान गरिएको छ। एजेन्सी

प्रतिक्रिया