कला


बिजुलीको बिल देखेर बलिउड अभिनेत्री तापसी पन्नुलाई लाग्यो झड्का

बिजुलीको बिल देखेर बलिउड अभिनेत्री तापसी पन्नुलाई लाग्यो झड्का

नेपालखबर
असार १५, २०७७ सोमबार ६:२४,

बलिउड अभिनेत्री तापसी पन्नुलाई बिजुलीको बिल देखेर झड्का लागेको छ।

पछिल्लो पटक पन्नुको घरमा खपत भएको बिजुलीको बिल अघिपछिभन्दा असामन्य रुपमा बढी आएपछि उनी मात्रै होइन धेरै जना आश्यर्चचकित भएका हुन्।

एउटा परिवारका लागि यो बिल धेरै नै आश्चर्यजनक भएको धारणा सार्वजनिक भइरहेको छ।

पन्नुको घरको बिजुलीको बिल ३५ हजार ८९० रुपैयाँ आएको थियो। अभिनेत्री पन्नुले यो बिल सामाजिक सञ्जालमा सेयर गरेपछि भारतभर एक खालको नयाँ बहस सुरु भएको छ। उनले पछिल्ला तीन बिल सामाजिक सञ्जाल राखेकी छन्। जसअनुसार उनको पहिलो बिल ३५ हजार ८९०, दोस्रो ३ हजार ८९० र तेस्रो बिल ४ हजार ३९० को रहेको छ। पछिल्ल दुई बिल लकडाउनका अघिल्ला दुई महिनाका हुन्।

 तापसीले यस गलत बिलप्रति आक्रोश व्यक्त गरेकी छन्। उनले ट्विटरमा अडानी इलेक्ट्रिसिटीलाई मेन्सन गर्दै दुई प्रश्नहरू पनि सोधेकी छन्। पहिलो ट्विटमा उनले लेखेकी छन्, ‘लकडाउन भएको तीन महिना भइसक्यो, र मलाई आश्चर्य लागेको छ कि मैले गत एक महिनामा के त्यस्ता नयाँ उपकरणहरू प्रयोग गरें वा किनें कि मेरो बिजुली बिल यति बढेको छ? तपाईं कसरी हामीसँग बिजुलीको शुल्क लगाउँदै हुनुहुन्छ?

तपसीले आफ्नो ट्वीटमा अर्को अचम्म पार्ने कुरा पनि सेयर गरेकी छन्। तापसीले अर्को आफ्नो घरको बिजुलीको बिल पनि सेयर गरेकी छन्, जुन घर खाली रहँदै आएको छ। त्यो घरको बिजुलीको बिल पनि अश्वभाविक आएको छ।

उनले अर्को ट्विटमा लेखेकी छन्, ‘यो त्य अपार्टमेन्टको बिल हो, जहाँ कोही पनि बस्दैन। यहाँ हप्तामा एकपटक सफाइका लागि मात्रै यहाँ बिजुली प्रयोग हुन्छ। अदानी इलेक्ट्रिक समूह, अब मलाई चिन्ता कि हुन सक्छ कसैले यो अपार्टमेन्ट प्रयोग गरिरहेको छ, त्यो पनि हामीलाई सूचित नगरी। के थाहा हामलाई बताउनु हुन्छ कि?’

तपसीको यो ट्विटको तत्काल प्रभाव भयो र बिजुली कम्पनीले तापसीलाई जवाफ पठायो। तत्काल प्रतिक्रिया जनाएकोमा तपसीले कम्पनीले प्रशंसा गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad