ad ad

समाज


स्याङ्जामा घरमा पहिरो खस्दा पतिको मृत्यु, पत्नी गम्भीर घाइते

स्याङ्जामा घरमा पहिरो खस्दा पतिको मृत्यु, पत्नी गम्भीर घाइते

नेपालखबर
असार १४, २०७७ आइतबार ३:२८,

स्याङ्जामा आज (आइतबार) बिहानै घरमाथि पहिरो खस्दा पतीको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएका छन्।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार आइतबार बिहान ३ बजे जिल्लाको गल्याङ नगरपालिका–९, साङ्लियामा वर्षाका कारण माथिबाट खसेको पहिरो घरमा परेको हो।

पहिरोले घरको पछाडी पट्टीको गाह्रो भत्किँदा ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा गल्याङ अस्पताल ल्याइए पनि उपचारकै क्रममा बिहान ४ः२० बजे उनको मृत्यु भएको डीएसपी अधिकारीले बताए।

यस्तै उनकी श्रीमती ४२ वर्षीय फूलमाया विक पनि गम्भीर घाइते भएकी छन्। टाउकामा गम्भीर चोट लागेका उनको उपचार गल्याङमा हुन नसकेपछि उनलाई पाल्पास्थित मिसन अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था पनि गम्भीर छ।

घरमा रहेका उनीहरूका छोरा र छोरीलाई भने केही नभएको प्रहरीले जानकारी दिएको छ। घटना अध्ययनका लागि अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .