ad ad

समाज


बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित

 बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित

वाशुदेव मिश्र
असार १४, २०७७ आइतबार २:३४,

गण्डकी प्रदेशमा थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ।

नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन्।

बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो।

थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्तिः

106292353 3066161223491954 1229634733121152173 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .