कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेशष प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ७ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ४४० पुगेको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा ७ संक्रमित थपिएको २१४ जना निको भएको बताए।
योसँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ९३४ छ भने अहिलेसम्म यस प्रदेशमा संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।

3
Shares

प्रतिक्रिया