समाज


बारा र सर्लाहीपछि बुटवलमा पनि देखियो सलह झुन्ड (भिडियो सहित)

बारा र सर्लाहीपछि बुटवलमा पनि देखियो सलह झुन्ड (भिडियो सहित)

नेपालखबर
असार १३, २०७७ शनिबार १०:३३,

बारा र सर्लाहीपछि सहल किरा बुटवलमा पनि देखिएको छ। 

ठूलो संख्यामा हुने र ठूलो मात्रामा बालीनाली नष्ट गराउने यो किरा शनिबार बिहान बारा र सर्लाहीमा देखिएको थियो। 

यस्तै दिउँसो बुटबलमा सलह देखिएको प्रदेश ५ को योजना आयोगकी सदस्य पुष्पा भुसालले जनाएकी छिन।

उनले सेयर गरेको भिडियोमा ठूलो संख्यामा सलहहरु आकाशमा उडिरहेको देखिन्छ।

 

हावाको दिशा पछ्याएर १ सय ३० किमीसम्म समूह बनाएर उड्ने सलहको एक वर्गकिमीको समूहमा ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्।

यो पनि: वडाध्यक्ष भन्छन्ः लाखौंको संख्यामा भित्रिएका सलहले नोक्सानी गर्न थालिसके 

यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाद्यान्न नष्ट गर्नसक्ने वैज्ञानिकहरुले बताएका छन्।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसले गहुँ, तोरी, कपास, मकै लगायत खाद्यन्न बालीमा क्षति पुर्‍याउँछ।

भारतहुँदै सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज (शनिबार) आकस्मिक बैठकसमेत बोलाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad