समाज


पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि सशस्त्रद्वारा ८ राउन्ड हवाई फायर

पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि सशस्त्रद्वारा ८ राउन्ड हवाई फायर

नेपालखबर
असार ११, २०७७ बिहिबार १०:३२,

 पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

उनको शव व्यवस्थापनका लागि लैजाने क्रममा पोखरमहानगरपालिका ३२ का मजुवावस्तीका स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले बताए।

उनका अनुसार अस्पतलाबाट शव व्यवस्थापनका लागि लैजाने क्रममा स्थानीयले सो टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सो टोलीले स्थानीयको अवरोधकाबीच शव व्यवस्थापन गरेको थियो।

प्रहरीले शव व्यवस्थापन गर्न थालेपछि स्थानीयहरुले नजिकै रहेको चेकपोस्टमा आक्रमण गरेपछि शसस्त्र प्रहरीका तर्फबाट ८ राउन्ड हवाइ फायर भएको एसपी श्रेष्ठले बताए।

‘स्थानीयहरुले शव व्यवस्थापनका लागि लैजाने क्रममा पनि प्रहरी टोलीमाथि ढुंगामुढा गर्नुभएको थियो’, नेपालखबरसँग कुरा गर्दै एसपी श्रेष्ठले भने, ‘शव व्यवस्थापन गरेपछि उहाँहरुले नजिकै रहेको चेक्कपोस्टमा ढुंगामुढा गर्नुथाल्नु भयो सो क्रममा पीएफको टोलीले ८ राउन्ड हवाई फायर गरेको हो।’

यसअघि पनि मृत्यु भएका कोरोना संक्रमितको शव सोही स्थानमा व्यवस्थापन गरिएको थियो। त्यतिबेला पनि स्थानीयले अवरोध गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad