समाज


सालनालसहित नवजात शिशु मृत फेला

सालनालसहित नवजात शिशु मृत फेला

नेपालखबर
असार ११, २०७७ बिहिबार १०:३८,

भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ।

सालनालसहित बेरिएको अवस्थामा आज शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad