समाज


सप्तरीमा आज बिहान चट्याङले लागेर ४ जनाको मृत्यु, १ घाइते

सप्तरीमा आज बिहान चट्याङले लागेर ४ जनाको मृत्यु, १ घाइते

नेपालखबर
असार ११, २०७७ बिहिबार ४:५५,

सप्तरीमा आज (बिहीबार) बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तिलक भारतीका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिकामा एक जना, महादेवा गाउँपालिकामा दुई जना र राजगढ गाउँपालिकामा एक जनाको मृत्यु भएकाे हाे। साथै राजगढकै एक युवती घाइते भएकी हुन्।

बिहीबार बिहान पौन ८ बजेतिर परेको चट्याङले लाग्दा डाक्नेश्वर नगरपालिका वडा नम्बर ९ की ३० वर्षीया ललितादेवी यादव, महादेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ नगरपालिका वडा नम्बर ४, बेचीचपेनाका ४६ वर्षीय केसीलाल साहको मृत्यु भएको डीएसपी भारतीले नेपालखबरलाई जानकारी दिए। यस्तै सोही ठाउँकी १८ वर्षीया आशा मण्डल घाइते भएको उनले बताए।

‘सबै ठाउँमा घटना त्यस्तै बिहान ८ बजे आसपास भएका हुन्,’ डीएसपी भारतीले नेपालखबरसँग टेलिफाेनमा भने, ‘दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचार गर्न लाँदै गर्दा मृत्यु भएको हो।’

उनका अनुसार डाक्नेश्वरीकी ललितादेवीलाई खेतमा काम गरिरहेका बेला तथा महदेवाका ठाकुर सप्तकोसी नदीमा नुहाउन गएका बेला चट्याङले लागेर घटनास्थलमै मृत्यु भएकाे हाे। 

याे पनि: घरभित्रै बस्दा पनि चट्याङबाट जाेगिन यसो गर्नुपर्छ (भिडियो सन्देशसहित)

राजगढ बेल्हीचपेनाका साहलाई पनि खेतमा काम गरिरहेका बेला चट्याङ लागेकाे थियाे। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै बेचन यादवलाई पनि अस्पताल लाँदै गर्दा मृत्यु भएकाे डीएसपी भारतीले जानकारी दिए। 

आशा मण्डललाई भने घरमै काम गरिरहेका बेला चट्याङले लागेकाे प्रहरीले जनाएकाे छ।उपचारका लागि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकाे छ।

याे पनि: मकवानपुरमा चट्याङ लागेर दुई युवतीको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad