भारत–चीन सीमा विवादका विषयमा दुई देशबीच विस्तृत छलफल भएको छ।
भारतको विदेश मन्त्रालयका अनुसार भिडियोमार्फत भारत-चीन सीमा मामिला (डब्लुएमसीसी) को १५औं बैठक बुधबार सम्पन्न भएको हो।
बैठकमा दुवै देशका प्रतिनिधिबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भारत सरकारकाे विज्ञप्तिअनुसार भारत-चीनबीच यस्ताे सहमति भएकाे छ।
१. दुई देशको सीमा क्षेत्र पूर्वी लद्दाखबारे विस्तृतमा छलफल भयो। भारतले यही जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक घटनाबाट उत्पन्न चिन्ताजनक अवस्थाबारे जानकारी गरायो। यस सम्बन्धमा दुवै पक्षले सीमा क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखाको कडाइपूर्वक सम्मान र निरीक्षण गर्ने सहमति गरेका छन्।
२. दुवै पक्षले पूर्वी लद्दाखस्थित भारत–चीन सीमा क्षेत्रमा भएका घटनाबारे विस्तृत छलफल गरे। भारतीय पक्षले पूर्वी लद्दाखमा हालै भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्याे। यस सन्दर्भमा दुवै पक्षले अब कडाइसाथ वास्तविक नियन्त्रण रेखाको सम्मान र निरीक्षण गर्ने सहमति गरेका छन्।
३. दुवै पक्षले गत हप्ता विदेशमन्त्री र चिनियाँ स्टेट काउन्सलर तथा विदेशमन्त्री एचईबीच भएको वार्ता स्मरण गरे। चिनियाँ विदेश मन्त्री वाङ यी र दुवै पक्षका वरिष्ठ कमान्डरबीच यही जुन ६ मा भएको समझदारी लागू गर्नुपर्ने निचोड निकालिएको छ। द्विपक्षीय सम्झौता र प्रोटोकलअनुरूप सीमा क्षेत्रमा शान्ति स्थापना गर्नाले दुई देशबीच बृहत् सम्बन्ध विकासमा सहयोग पुग्छ। यस सन्दर्भमा उनीहरूले जुन २२ मा वरिष्ठ कमान्डरबीचकाे दोस्रो बैठकमा छलफल भएको कुरा पनि नोट गरे।
४. दुवै पक्षले विद्यमान परिस्थितिको शान्तिपूर्ण समाधानका लागि डब्ल्यूएमसीसीको रूपरेखाअन्तर्गत कूटनीतिक र सैन्य दुवै तहमा वार्ता जारी राख्ने सहमति पनि गरेका छन्।
याे पनि: लद्दाख क्षेत्रमा भएको भिडन्तका लागि भारत पूर्ण जिम्मेवारः चिनियाँ रक्षा मन्त्रालय
Shares

प्रतिक्रिया