समाज


मकवानपुरमा चट्याङ लागेर दुई युवतीको मृत्यु

मकवानपुरमा चट्याङ लागेर दुई युवतीको मृत्यु

नेपालखबर
असार ११, २०७७ बिहिबार २:३५,

मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर दुई युवतीको मृत्यु भएको छ। अर्का एक किशोर घाइते भएका छन्।

गएराति घरमै परेको चट्याङ लागेर बकैया–२ कालापानीकी २५ वर्षीया बिना घिसिङ र १७ वर्षकी सम्झना घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ।

राति घरमा बसिरहेको बेला परेको चट्याङ लागेर सम्झनाको घटनास्थलमै मृत्यु भएको हो। बिनाको भने दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए।

चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका छन्। उनको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad