समाज


डब्लूएचओ भन्छः कोरोना संक्रमण बढ्दैछ, हप्तामै थपिन थाले १० लाख संक्रमित

डब्लूएचओ भन्छः कोरोना संक्रमण बढ्दैछ, हप्तामै थपिन थाले १० लाख संक्रमित

नेपालखबर
असार ११, २०७७ बिहिबार २:५८,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसबाट संक्रमण हुने क्रम बढिरहेको बताएको छ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एडनम ग्राबियसोसले विश्वमा हरेक हप्ता १० लाखका दरले नयाँ संक्रमित देखापरिरहेको बताएका हुन्।

दैनिक पत्रकार सम्मेलनअन्तर्गत बुधबार उनले विश्वभर संक्रमितको संख्या करोड पुग्न लागेको भन्दै अब अक्सिजन र यो दिने उपकरण अभाव देखिन थालेको बताए। उनले भने, ‘अब यसको आपूर्तिको बढी जरुरी देखिएको छ र दैनिक ८८ हजार वटा ठूलो अक्सिजन सिलिन्डर तथा ६ लाख २० लाख क्युबिक लिटर अक्सिजनको आवश्यकता छ।’ यो कोरोनाले ग्रस्त बिरामीलाई सास लिनका लागि आवश्यक पर्ने उनको भनाइ छ।

यस्तै डब्लूएचओकै आपतकालीन टोली प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकी मुलुकमा कोरोना महामारी बढ्दो क्रममा रहेको बताए। त्यस क्षेत्रमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघिसकेको उनले जानकारी दिए।

उनले भने, ‘पछिल्लो हप्ता केही देशमा २५–३० प्रतिशतसम्म् बढिरहेको छ।’

यस्तै अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मर्ने क्रम अझ बढ्ने आशंका उनले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad