मोरङमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
केराबारी गाउँपालिका –५ शान्ति चोकस्थित राजमार्गमा को १ ख ६७९० नम्बरको टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको हो।
केराबारीबाट धरानतर्फ जाँदै गरेको टिपरले बाटो काट्दै गरेकी स्थानीय विष्णुमाया मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका-११ घर भई हाल जिल्ला सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही अघि बढाएको छ।
234
Shares

प्रतिक्रिया