समाज


आज पनि यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज पनि यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

नेपालखबर
असार ११, २०७७ बिहिबार २:२४,

आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश भूभागमा मौसम बदली छ भने १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै १, २, बागमती, ५ नम्बर, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।

यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा १, २, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनिएको छः

वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

याे पनि: बाढी महाशाखाले भन्योः तीन दिन यी नदीमा बाढी आउने सम्भावना छ, उच्च सतर्कता अपनाऔं

मौसविद्का अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले केही दिनदेखि माैसम बदली र वर्षाको मात्रा बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad