समाज


नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या २५ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या २५ पुग्यो

नेपालखबर
असार ११, २०७७ बिहिबार १:५३,

कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्याङ्जा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति पोखरामा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको वुधबार राति ११ः३५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्राध्यापक डा. अर्जुन आचार्यले बिहीबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

उनी असार ८ गते उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए। ती पुरुषमा (कोभिड १९) कोरोना भाइरस, गम्भिर निमोनिया, मधुमेह २ देखा परेपछि भेन्टिलेटरमा राखि उपचार गरिएको प्रतिष्ठानले जनाएको छ।

हेर्नुस् डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्ति :

death corona 20200625013024

 योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। स्याङ्जामा मात्रै कोरोना संक्रमित दुई जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad