इंग्ल्यान्डमा बुधबार यस वर्षकै बढी गर्मी भएको छ। खप्न नसकेपछि कोरोना महामारीबीच नै हुलका हुल मानिस समुद्रछेउ गएका छन्।
बुधबार त्यहाँको तापक्रम २८ डिग्री सेल्सियस पुगेको थियो। त्यस दिन समुद्रको तटीय क्षेत्रमा मानिसको भिड देखिएको थियो।

इंग्ल्यान्डमा लकडाउन खुकुलो हुँदै गएको छ। प्छिल्लो महिनादेखि मानिसलाई एक ठाउँबाट अर्काे ठाउँमा जान दिइएको छ।
तर इंग्ल्यान्डमा कोरोना संक्रमणका कारण बुधबार मात्र १५४ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ८१ पुगेको बीबीसीले जनाएको छ।


प्रतिक्रिया