ad ad

समाज


काठमाडौँ र भक्तपुरका १/१ जनामा देखियो कोरोना

काठमाडौँ र भक्तपुरका १/१ जनामा देखियो कोरोना

नेपालखबर
असार १०, २०७७ बुधबार १०:५८,

काठमाडौँ र भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका १ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको बताए।

काठमाडौँका संक्रमित पुरुष र भक्तपुरकी संक्रमित महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा निको भएर घर फकनेमा ८ र पुरुष १०६ गरी ११४ जना रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म मृत्यु भएको २४ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .