ad ad

राजनीति


जनता समाजवादी पार्टी भन्छ : नागरिकता संशोधन विधेयक विभेदकारी, भारतसँगको सम्बन्ध अवरुद्ध गर्ने भो

जनता समाजवादी पार्टी भन्छ : नागरिकता संशोधन विधेयक विभेदकारी, भारतसँगको सम्बन्ध अवरुद्ध गर्ने भो

नेपालखबर
असार १०, २०७७ बुधबार ११:३,

जनता समाजवादी पार्टी, नेपालले संसदको राज्य व्यवस्था समितिले गरेको नागरिकता ऐन संशोधनका लागि गरेको प्रस्तावको बिरोध गरेको छ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगिकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगिकृत नागरिकता प्राप्त गर्न सक्नेछ भन्ने प्रावधानको सो पार्टीले बिरोध गरेको हो।

सोको विरोधमा पाटीले विरोध प्रदर्शनको पनि घोषणा गरेको छ।

जसपाले त्यसको विरोधमा असार १६ गते काठमाडौं लगायत जिल्ला सदरमुकाम र मुख्य शहरहरुमा विरोध प्रदर्शन र सभा आयोजना गरिएको जनाएको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टीले नयाँ प्रावधानका कारण महिलाप्रति लैंगिक विभेद, असमानता र महिला हिंसालाई प्रोत्साहन दिने कार्य गरेको समेत बताएको छ।

‘उक्त संशोधनको प्रस्तावले एकातिर महिला र पुरुषका बीच लैंगिक विभेद गरेको छ भने अर्कोतिर युगौंदेखि नेपाली जनताको भारतीय लगायत अन्य मुलुकका जनताहरुबीच कायम रहेको पारिवारिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि सम्बन्धलाई अवरुद्ध गर्ने’ भनी सो पार्टीले बताएको छ।

‘विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगिकृत व्यवास्थालाई नै यथावत राखिनु पर्दछ,’ अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ।’

सो पार्टीले नयाँ विधेयकका कारण गोर्खा सेनाको रुपमा विदेशमा कार्यरत् नेपालीहरुको सन्तानलाई समेत गैरनागरिक बनाई राख्ने प्रयास गरेको समेत बताएको छ।

गोर्खा सेनाको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता दिने व्यवस्था गरिनु पर्ने उसको धारणा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .