भोलि (बुधबार) देखि केही दिन देशभर ठूलाे वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
भोलिबाट मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘यस वर्षको मनसुन जुन १२ मा नेपाल भित्रिएर जुन २१ मा देशभरी फैलिएसँगै मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्न गई देशका सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ,’ आज (मंगलबार) विशेष मौसमी बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ- ‘तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाका अनुसार आज राति पनि सातै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, २, गण्डकी, ५ र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।
प्रदेश ५, कर्णाली (सुर्खेत, दैलेख, कालीकोट) र सुदुरपश्चिम(कैलाली, डोटी) मा केहि समयपछि भारी बर्षाको सम्भावना। @NDRRMA_Nepal
कृपया सतर्क रहनुहोला।
तपाईंको तिर बर्षाको स्थिति के छ? ट्विट गर्नुहोस् @DHM_Weather pic.twitter.com/E7knBApFlH
बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दै बाढीबाट सतर्क रहन सुझाव दिएको छ।
(२०७७/०३/०९, बेलुकी ७ बजे)
विगत केही घण्टा देखि प्रदेश ५ को बर्दिया र बांके तथा कर्णाली प्रदेशको सुर्खेत र आसपासका जिल्लाहरुमा मौसमी प्रणाली सक्रिय रही मेघ गर्जन सहित वर्षा भइरहेको छ।
स-साना खोलानाला आसपास आकस्मिक बहाब पनि हुन सक्छ। सतर्कता अपनाऔं।
स्रोतः DHM- #MFD #FFD pic.twitter.com/06nEmJVivX

प्रतिक्रिया