रामेछाप मन्थलीका एक व्यक्तिले काठमाडौंको मनोहरा नदीमा हाम फालेर आत्महत्या गरेका छन्।
आफन्तका अनुसार मन्थली नगरपालिका–३ का सानुबहादुर कार्कीले सोमबार जडीबुटीस्थित तरकारी बजार नजिकको पुलबाट नदीमा हाम फालेका हुन्।
किस्ता तिर्न नसकेपछि तनावमा रहेका ३४ वर्षीय कार्कीले आत्महत्या गरेको उनका आफन्तको भनाई छ। सो घटनाको बारेमा जाहेरी परेकाे र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
कार्कीको शव मंगलबार थापाथली नजिकै वागमती नदीमा फेला परेको हाे।
मनोहरा खोला जडिबुटीदेखि केहि तल वागमतीमा मिसिन्छ। केहि दिनदेखिको अविरल वर्षाका कारण सोमबार मनोहरा र वागमतीमा पानीको वहाव निकै बढेको थियो।
6
Shares
प्रतिक्रिया