पर्साको वीरगन्ज महानगरपालिकाका एक व्यक्तिलाई पिसाब फेर्न गएका बेला खोलाले बगाएर बेपत्ता बनाएकाे छ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सारनजिक बस्ने ५० वर्षीय दुर्गा साहलाई खोलाले बगाएको हो।
आइतबार राति ८ बजेतिर पिसाब फेर्छु भनेर घरबाट निस्किएका साहलको खुट्टा अकस्मात् चिप्लिँदा स्थानीय सिर्सिया खोलाले बगाएर बेपत्ता भएका हुन्।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया