बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) र भोलि(मंगलबार) पश्चिमका नदीनालाहरूमा बाढीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज र भोलि राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने सम्भावना छ।
यसैगरी कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तुका ससाना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
पर्सि बुधबारदेखि भने सबै नदीमा बहाव सामान्य हुने महाशाखाको अनुमान छ।
3
Shares
प्रतिक्रिया