पाल्पाको तानसेन नगरपालिका ११ मा पहिरो जाँदा केही गाडी पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीका अनुसार घटनास्थलमा एउटा शव फेला परेको छ। एक जनालाई उद्धार गरेर पठाइएको गिरीले बताए।
घटनास्थलमा मिनिट्रक फेला परेको छ भने ट्याङ्करको बडी मात्रै भेटिएको छ।
यस्तै एउटा मोटरसाइकल पनि फेला परेको र थप खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो वर्षातका कारण गएको पहिरोमा केही मान्छे हराइरहेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।
3
Shares

प्रतिक्रिया