समाज


युवा चिकित्सक संघका ५० बढी डाक्टरले निःशुल्क सेवा प्रदान गर्ने

युवा चिकित्सक संघका ५० बढी डाक्टरले निःशुल्क सेवा प्रदान गर्ने

नेपालखबर
असार ८, २०७७ सोमबार ७:१८,

युवा चिकित्सक संघले सर्वसाधारणका लागि भिडियो कलमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

ओखती सोलुसनसँगको प्राविधिक सहकार्यमा, कोरोना महामारीले उत्पन्न गरेका सुरक्षा चुनौतीहरुका कारण स्वस्थ्य सेवाबाट वञ्चित सर्वसाधारणहरुका लागि संघले असार १३ गतेदेखि एक साता यस्तो सेवा प्रदान गर्ने भएको हो।

कोरोना भाईरसको महामारीको समयमा सुरक्षा चुनौतीका कारण स्वास्थ्य सेवा तथा परामर्शका लागि स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसकिरहेका सर्वसाधारणहरु यो कार्यक्रमबाट लाभान्वित हुने युवा चिकित्सक संघले जनाएको छ।

कार्यक्रमअन्तर्गत संघमा अवद्ध ५० भन्दा बढी डाक्टरहरुले सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्नेछन्। ओखती सोलुसनको ओखती भिडियो क्लिनिक प्रयोग गरि सेवाग्राहीहरुले घरबाटै स्वास्थ्य सेवा तथा परामर्श लिन सक्ने आयोजक युवा चिकित्सक संघका केन्द्रीय महासचिव सुलोचन लोहनीले बताए।

सेवाग्राहीहरुले आयोजक संस्थाको फोन नं ९७५११ ५४८१० र ९८१७ ०४४००९ मा फोन गरि बुकिङ गर्न सक्नेछन्। बुकिङ सम्पन्न भएपछि सेवाग्राहीले आफ्नो मोबाईलमा भिडियो कलका लागि लिंक प्राप्त गर्नेछन् र त्यसपछि तोकिएको समयमा घरबाटै आफुले छानेको डाक्टरसँग परामर्श सेवा लिन सक्नेछन् । परामर्श सेवा लगत्तै सेवाग्राहीले मोबाइलमै प्रेस्कृप्सन समेत प्राप्त गर्नेछन्।

भिडियो कल सेवा तथा प्रेस्कृपसन लगायतका प्राविधिक पक्षको सहजीकरण गरिरहेको ओखति सोलुसनले आधुनिक प्रविधिको प्रयोग गरी सर्वसाधारण, चिकित्सक तथा क्लिनिकहरुलाई जोड्ने काम गरिरहेको जनाएको छ।

उपलब्ध प्रविधिको प्रयोगबाट सर्वसाधारणले घरबाटै आफुले चाहेको डाक्टर वा क्लिनिकसँग समय लिन सकुन्, साधारण परामर्श सेवाका लागि अस्पतालनै धाउनुपर्ने बाध्यता नहोस् र सेवा प्रदायकहरुले पनि सर्वसुलभ तथा सुरक्षित रुपमा सेवा प्रदान गर्न सकुन भन्ने उद्धेश्यका साथ सेवा सुरु गरिएको ओखति सोलुसनका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए।

युवा चिकित्सक संघको एक हप्ते निःशुल्क सेवा पश्चात पनि सर्वसाधारणले ओखती सोलुसनको वेभसाईट मार्फत निश्चित शुल्क तिरेर आफुले चाहेको चिकित्सक वा क्लिनकसँग घरबाटै समय लिन वा भिडियो कल मार्फत स्वास्थ्य सेवा लिन सक्ने र मोबाइलमै प्रिस्क्रिप्सन प्राप्त गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad