इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएपछि उपाधिका लागि अझै केही समय पर्खिनुपर्ने भएको छ।
एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पाएको केही मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।
लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको च्याम्पियन बन्ने दाउमा छ।
लिभरपुललाई उपाधि जित्न ५ अंकको आवश्यक छ। एभटर्नमाथि जित निकालेको भए लिभरपुलले अब एक खेलमा जित हात पारे मात्रै पनि च्याम्पियन बन्ने थियो।
लिभरपुलसँग बराबरी गर्दै अंक बाँडेपछि एभर्टन १२औं स्थानमा छ। लिभरपुलले भने दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी २३ अंकमा झारेको छ।
गएराति नै भएको खेलमा चेल्सीले एष्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्यो। खेलमा एष्टन भिल्लाले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।
एष्टन भिल्लाले पहिलो हाफको ४३ औं मिनेटमा कट्र्ने हउजको गोलमा अग्रता बनाएको थियो। खेलको दोस्रो हाफमा चेल्सीका क्रिष्टियन पुलिसिच र ओलिभर जिरौडले गोल गर्दै जित निश्चित गरे। जितपछि चेल्सी ५१ अंकमा तालिकाको चौंथो स्थानमा यथावत छ।
गएराति नै भएको अर्को खेलमा न्यु क्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाइ ३–० गोल अन्तरले पराजित गर्यो।

प्रतिक्रिया