भारतीय र चिनियाँ सेनाबीच गत हप्ताको सोमबार लद्दाख नजिक गलवान उपत्यकामा झडप भएको थियो।
झडपका क्रममा मारिएका २० भारतीय सेनाको शरीरमा धारिलो हतियारले बनेको घाउहरु देखिएको इन्डियन्स एक्सप्रेसले जनाएको छ।
गलवान उपत्यकालाई चीन र भारत दुवैले आफ्नो भएको दाबी गर्दछन्। सम्झौताअनुसार भारतीय र चिनियाँ सेना दुवैले यस क्षेत्रमा गोलाबारी गर्न पाउँदैनन्।

सोमबारको झडपमा भने काँडे तारले बेरिएको डन्डा प्रयोग भएको भारतीय सेनाका अधिकारीहरुले बीबीसीलाई तस्बिर प्रदान गर्दै बताएका थिए।
यस घटनामा भारतले आफ्ना २० सेनाको मृत्यु भएको पुष्टि गरेपनि चिनियाँ पक्षले यसबारे कुनै जानकारी दिएको छैन। यद्यपी भारतले ४० भन्दा बढी चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेका छन्।
इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ सेनासँगको झडपका क्रममा भारतीय सेनाले कडा प्रतिकार गरेका थिए।
पत्रिकामा झडपका क्रममा सेनाहरु भिरबाट लडेका कारण, खोलामा खसेका कारण तथा चिनियाँ सेनाको आक्रमणबाट भारतीय सेनाको मृत्यु भएको जनाइएको छ।
इन्डियन एक्सप्रेससँग सोनम नुरबु मेमोरियल अस्पतालका एक डाक्टरले भनेका छन्,‘मारिएका सैनिकको शव देखेर भन्न सकिन्छ कि झडप निकै हिंस्रक थियो। यो पनि भन्न सकिन्छ भारतीय सेनाले पनि चिनियाँ सेना मारेका छन्। उनीहरुको शरीरमा धारिलो हतियार प्रयोग गरिएको छ। हड्डीहरु भाँचिएका छन्।’
Shares

प्रतिक्रिया