कारोबार


आज ५ देशबाट ७ सय नेपाली फर्किंदै

आज ५ देशबाट ७ सय नेपाली फर्किंदै

नेपालखबर
असार ८, २०७७ सोमबार ६:१८,

सोमबार विभिन्न ५ देशबाट झण्डै ७ सय नेपाली फर्किने भएका छन्।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारलाई ५ वटा उडान तय भएका छन्।

सोमबार हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना नेपाली ल्याउँदै छ। यस्तै हिमालयन एयरलाइन्सले नै माल्दिभ्सबाट १ सय ५६ जना ल्याउने तय भएको छ।

नेपाल एयरलाइन्सले बहराइनबाट १ सय ५० जना ल्याउने, एयर अरेबियाले यूएईबाट १ सय ५० र जजिरा एयरले कुवेतबाट १ सय ५० जना ल्याउने तयारी छ।

सरकारले जेठ २१ गतेदेखि देशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको हो। योसँगै झण्डै साढे ५ हजार नेपाली स्वदेश फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad