समाज


आज कतारबाट १४९ नेपाली काठमाडौं आइपुग्दैछन्

आज कतारबाट १४९ नेपाली काठमाडौं आइपुग्दैछन्

नेपालखबर
असार ७, २०७७ आइतबार २:१७,

कोरोना महामारीका कारण समस्यामा परेका १४९ नेपाली आज कतारबाट स्वदेश फर्किरहेका छन्।

कतारको दोहास्थित नेपाली दूतावासका अनुसार उनीहरू कतारको दोहाबाट नेपाल एयरलाइन्सको २३९२ को उडानमार्फत काठमाडौं प्रस्थान गरिसकेका छन्।

अहिले नेपाल फर्किरहेकामा २९ सुत्केरी/गर्भवतीसहित ८२ महिला, ३ नाबालक र ६४ पुरुष रहेको दूतावासले जनाएको छ।

कतारबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने क्रममा यो पहिलो चरण हो। हिमालयको उडान जुन २२ र २४ हुने तालिका छ। हवाई भाडा यात्रु आफैंले ३९२ अमेरिकी डलर तिर्नुपर्नेछ।

त्यसरी विदेशबाट फर्किने नेपालीलाई पहिले १४ दिन क्वारेन्टिनमा राखेर मात्र सम्बन्धित ठेगानमा पठाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad