ad ad

राजनीति


मौसम पूर्वानुमान सूचना छिटो र भरपर्दो बनाउन मन्त्री पुनकाे निर्देशन

मौसम पूर्वानुमान सूचना छिटो र भरपर्दो बनाउन मन्त्री पुनकाे निर्देशन

नेपालखबर
असार २९, २०७६ आइतबार १३:१६,

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मौसम पूर्वानुमानको सूचना भरपर्दाे ढंगले जनस्तरसम्म पुर्याउन निर्देशन दिएका छन्।

आइतबार जल तथा मौसम पूर्वानुमान महाशाखाको निरीक्षण गर्दै मन्त्री पुनले पूर्वानुमानको सूचनालाई विश्वासिलो बनाउँदै जनस्तरसम्म लैजानु पर्ने बताएका हुन्।

महाशाखाको नव निर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्षको मन्त्री पुनले निरीक्षण गरे। त्यस क्रममा उनले पूर्वानुमान शाखालाई अत्याधुनिक प्रविधि सहित विश्वासिलो र भरपर्दो बनाउन सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे।

मन्त्री पुनले जनतामा पूर्वानुमान महाशाखाले दिने सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेको भन्दै सूचनाहरु छिटो र भरपर्दो रुपमा जनतामा पुर्याउन विभागलाई सचेत गराए।

पछिल्लो समय पूर्वानुमान महाशाखाको सूचनाले धेरै जन धनको क्षति हुनबाट बचाएको भन्दै सूचना प्रवाहमा सबैले सहयोग गर्नु पर्ने उनको भनाई छ।

नेपालको मनसुन असारको मध्यबाट सक्रिय भइ साउन लागे पछि अधिक वर्षा हुने गर्दथ्यो तर यो वर्ष असारमा नै अत्याधिक वर्षा भएर ठुलो जनधनको क्षति भइ सकेको छ। पुर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा सतर्कता अपनाउन सूचना पनि जारि गरि सकेको छ।

पछिल्लो केही महिना यता मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानको सूचना दिन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .