समाज


बागमती प्रदेशमा क्रियाशिल ७०५ जना पत्रकारको कोरोना बीमा

बागमती प्रदेशमा क्रियाशिल ७०५ जना पत्रकारको कोरोना बीमा

नेपालखबर
असार ४, २०७७ बिहिबार १२:८,

बागमती प्रदेशका कार्यरत सात सय पाँच जना पत्रकारको कोरोना बीमा भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोभिड १९ महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बीमा गरिएको हो।

कोरोना भाइरसको पीसीआर परीक्षणमा संक्रमित भएको प्रमाणित भएमा बीमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बीमा रकम युनाइटेड इन्सुरेन्स कम्पनीबाट प्राप्त गर्नेछन्। भुक्तानीका लागि कोरोना भाइरस संक्रमण देखिइ पीसीआर परीक्षणमा पोजिटिभ देखिएको हुनु पर्नेछ। यूनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारको बिबरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरेका छन्।

‘बागमती प्रदेशमा क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल भई प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बीमा गराएको हो। पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बीमाले सहयोग पुग्ने बिश्वास लिएका छौ’ सञ्चार रजिष्ट्रार रेवती सापकोटाले भने।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक हजार जना पत्रकारको बीमा गराउने निर्णय गरेको छ। बीमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँच जनाको बीमा पहिलो चरणमा गराइएको छ। सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बीमा नगराएका, नेपाल पत्रकार महासंघको बागमती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समिति अन्तर्गतका शाखा, प्रतिष्ठान र एशोसियटसबाट प्राप्त विवरणका आधारमा पत्रकारको कोरोना बीमा गराइएको हो।

बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad