राजनीति


नेकपाले बोलायो स्थायी समिति बैठक

नेकपाले बोलायो स्थायी समिति बैठक

नेपालखबर
असार ४, २०७७ बिहिबार १२:१६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही असार १० गते स्थायी समितिको बैठक बोलाएको छ।

लामो समयदेखि माग हुँदै आएको स्थायी समिति बैठक असार १० गते बिहान १० बजे बस्नेगरी सूचना आएको स्थायी समिति सदस्य छविलाल विश्वकर्माले बताए।

बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बैठक डाकिएको विश्वकर्माले बताए।

‘२ जना अध्यक्ष र महासचिव बसेर बैठक तय गर्नुभएको होला, पार्टी कार्यालयबाट हामीलाई बैठकको निमन्त्रणा आएको छ, स्थायी समिति सदस्य विश्वकर्माले नेपालखबरसँग भने।

उनले बैठकका एजेन्डाहरुबारे केही नबताइएको जानकारी दिँदै विशेषगरी एमसीसीबारे छलफल हुने आफूले बुझेको बताए।

‘विषयबस्तु के हो भन्नेबारे बताइएको छैन, एमसीसीबारे छलफल हुने बुझेको छु’, उनले भने, ‘लामो समयपछि बैठक बसेको हुनाले अन्य विषयमा पनि छलफल हुन्छ।’

सरकारका काम कारबाही, कोरोना रोकथामका लागि भएका प्रयास, पार्टी सञ्चालनसम्बन्धी विषयमा पनि छलफल हुने उनले बताए।

नेकपाको स्थायी समिति बैठक मंसिर २९ गतेदेखि एक हप्तासम्म बसेको थियो। त्यसपछि पटक पटक माग गरिए पनि बैठक बस्न सकेको थिएन्।

सरकारले पार्टीमा छलफल नगरी पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेताहरुले स्थायी समितिको माग गर्दै हस्ताक्षर बुझाएका थिए। नेताहरुले हस्ताक्षरसहित माग गरेपछि वैशाख २५ गतेलाई बैठक बोलाए पनि बस्दै नबसी स्थगित गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad