समाज


‘तपस्वी’ बम्जनको सिन्धुली आश्रममा सीआईबीकाे छापा

‘तपस्वी’ बम्जनको सिन्धुली आश्रममा सीआईबीकाे छापा

नेपालखबर
असार ४, २०७७ बिहिबार १२:२,

बलात्कार तथा हत्या अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा आज (बिहीबार) नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले छापा मारेको छ। 

तर फेरि पनि उनलाई पक्राउ गर्न प्रहरी असफल भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख एसपी रञ्जु सिग्देलले नेपालखबरलाई जानकारी दिइन्। एसपी सिग्देलका अनुसार सीआईबीको टोली आज बिहानै जिल्लास्थित बम्जनको आश्रममा छापा मार्न पुगेको हो। तर टाेली पुग्दा उनी आश्रममा फेला परेनन्।

‘हामीले पनि टोलीलाई सपोर्ट गरेका हौं,’ बिहीबार अपराह्न उनले नेपालखबरसँग भनिन्, ‘उनी भेटिएनन् भन्ने जानकारी आएको छ, तर हामी आफैं अप्रेसनमा सहभागी नभएकाले सबै कुरा थाहा हुँदैन।’

सीआईबीकाे टोली बिहीबार बिहानै कुकुरसहित बम्जनको आश्रम पुगेकाे थियाे। तर उनी त्यहाँ भेटिएनन्। घना जंगलभित्र ७–८ घण्टा सर्च गर्दा पनि बम्जन फेला नपरेको सीआईबी स्रोतले जनाएको छ। प्रहरी जाँदै गरेको खबर पाउनासाथ बम्जन त्यही जंगलभित्र भागेको अनुमान गरिएको छ।

बम्जन फेला नपरेपपिछ सीआईबीको टोली फर्किएको छ। प्रहरीले बम्जनको आश्रममा छापा मारेको यो तेस्रोपटक हो।

एकताका ‘लिटिल बुद्ध’ का नामले निकै चर्चा कमाएका बम्जनले आफ्नै अनुयायी बलात्कार गरेको, हत्या गरेको तथा बेपत्ता बनाएको आरोप छ। अदालतले समेत उनलाई पक्राउ गर्न पुर्जी दिइसकेको छ। तर अहिलेसम्म उनलाई प्रहरीले फेला पार्न सकेको छैन।

याे पनि:  कहाँ छन् ‘तपस्वी’ बम्जन? खोजी गर्न सतहत्तरै जिल्ला प्रहरीलाई सर्कुलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad